सेनिटरी प्याड खरिद अनियमितता प्रकरण : प्रशासनले काट्यो २४ घण्टे पत्र

 

दैलेखको नारायण नगरपालिका नगर शिक्षा शाखाले गरेको नियम बिपरित सेनिटरी प्याड खरिदमा भएको अनियमितता प्रकरणबारे जिल्ला प्रशासन कार्यालय दैलेखले २४ घण्टे पत्र काटेको छ । अनुसन्धान अधिकृत समेत तोकेर छानवीनका लागि पत्र काटेको हो । अनियमितता प्रकरणको बारेमा बिभिन्न संचारमाध्यामहरुमा समाचार प्रकाशन र प्रसारण भएसँगै निश्पक्ष छानवीन गरिनुपर्ने भन्दै नेपाल शिक्षक संघ नगर कार्यसमितिले जिल्ला प्रशासन कार्यालय दैलेखमा लिखित निवेदन दर्ता गरेको छ ।
कोटेशन खोलेर प्रतिश्पर्धाका आधारमा खरिद गर्नुपर्ने सेनिटरी प्याड कमिशनको लोभमा सुचना प्रकाशन नगरेरैसिधै कम्पनीमार्फत खरिद गरेको तत्थ्य खुलेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले २४ घण्टाभित्र सप्रमाण लिखित जवाफ माग गरेको छ । हामीले छानवीन प्रक्रिया थालनी गरेका छौं जुन जुन व्यक्ति र निकाय दोषि हुन्छन् सबैलाई कारवाहीको प्रक्रिया थालनी गर्छौं प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिएका छन् ।
नारायण नगर शिक्षा शाखाले नगरपालिका भित्रका १७ विद्यालयका लागि २१ लाख ७९ हजार रकम बरावरको सामग्री खरिद प्रक्रिया सुरु गरेको थियो । प्रअहरुको बैठक बसेर लकडाउन भएको भन्दै सबै रकम विद्यालयको खातामा जम्मा गरिएको थियो । विद्यालयको खातामा रकम जम्मा भएपछि बिद्यालयहरुले कोटेशन माग गरेर सामान खरिद गर्नुपर्नेमा नगरपालिका शिक्षा शाखाले कम्पनीसँग समन्वय गरेर सामान खरिद गरिदिएको पत्रकार सम्मेलनमा स्वीकार गरेका छन् ।

नारायण नगरपालिकाभर रहेका ६ देखि १२ कक्षासम्म पढ्ने छात्राहरुका सेनेटरी प्याड खरिदका लागि एउटा विद्यार्थीलाई १ हजार १ सय १७ रुपैयाँ बरावरको सामान खरिद गरिएको जानकारी दिएको छ ।
समाचार प्रकाशन पछि गरिएको पत्रकार सम्मेलनमा नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्नबहादुर खड्काले नगर शिक्षा शाखाको प्रक्रियागत त्रुटी भएको हुनसक्ने भन्दै प्रतिश्प्रधी दररेट अनुसार सामान उपलब्ध गराउने बातावरण तयार गर्न शिक्षा शाखालाई आग्रह गरेका छन् ।
नारायण नगरपालिका दैलेखका शिक्षा शाखा प्रमुख हिमालयजंग शाहले विद्यार्थीहरुको स्वास्थ्य क्षेत्रमा आएको रकम सदुपयोग होस् भन्ने उद्धेश्यले सहजिकरण गरिदिएको अरु कुनै गलत मनसाय नभएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार